देवचुली मा विको स्वर्णमहोत्सव, योग सप्ताह देखि स्वास्थ्य शिविर सम्म ।


बिबेक भण्डारी ।
देवचुली माध्यमिक विद्यालय ५०औँ वर्षमा प्रवेश गरेको छ । विद्यालयको ५०औँ वर्षको अवसरमा विविध कार्यक्रम आयोजन ागर्ने भएको छ । मंगलवार विद्यालय व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गर्दे स्वर्ण महोत्सव बारे जानकारी गराएको हो । पुरानो विद्यालयको रुपमा परिचित देवचुली माध्यमिक विद्यालयले स्वर्णमहोत्सव अन्तरगर्त यहि पौष ८ गते स्वर्णमहोत्सव उद्घाट गर्ने भएको छ ।

विद्यालयका प्राचार्य नारायण प्रसाद भण्डारीले जानकारी गराए अनुसार पौष ८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलले उद्घाट गरे पश्चात बैशाख १ गते समापन अवधिभर विद्यालयको अध्ययनमा असर नपुग्ने गरि विविध कार्यक्रम आयोजना गने जानकारी दिनुभयो । विद्यालयले आफ्नो स्वणमहोत्सव अवधिभर शैक्षिक कार्यक्रम, विज्ञान प्रर्दशनी, विद्याथिहरुले आफै बनाएको खानाको खाना महोत्सव , विद्यार्थि अभिभाव खेल र रक्तदान कार्यक्रम संगै अन्य कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय नजिक साढे ३ विगाहा क्षेत्रफलमा क्रिकेट मैदान निर्माण संगै खेलको विकासका लागि पनि स्वर्णमहोत्सवमा विशेष स्थान प्रदान गर्ने बताउनुभयो ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेले विद्यालयको स्वर्णमहोत्सवको लागि तयारी भव्यबनाएको बताउनुभयो ।

विद्यालयले पौष ८ गते विद्यालयको ५० औँ वार्षिक उत्सव कार्यक्रममा पुर्व शिक्षक, विद्यार्थि तथा अभिभावलाई पनि कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरेको छ ।