नवलपुरमा बजार अनुगमन : म्याद नाघेका खाद्यान्न देखि अधिकास पसलमा मुल्यसुचि नै छैन


बिबेक भण्डारी , नवलपुर ।
घरेलु तथा साना उद्योग कार्यलय नवलपुरले बजार अनुगमन गरेको । मंगलवार कार्यलय प्रमुख सागर खनालको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय नवलपुर ,उद्योग बाणिज्य संघ , उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलिले देवचुली १५ प्रगतिनगर बजारमा अनुगमन गरेको हो ।

घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख सागर खनालले अनुगमनका क्रममा सबै भन्दा बढि म्याद नाघेको खाद्यय बस्तु फेला परेको बताउनुभयो । प्रमुख खनालका अनुसार किराना पसलबाट उपभोक्ताहरुले प्रयोग गर्ने म्याद गुर्जेका मसला जन्य वस्तुहरु , केहि पियपदार्थहरु नष्ट गरिएको जानकारी दिनुभयो ।

यस्तै खानलका अनुसार मुल्यसुचि नरहेको र दर्ता विना संञ्चाचलनमा रहेको पाइएको बताउनुभयो ।

अनगुगमन टोलिले किराना पसल संगै होटलहरुमा समेत अनुगमन गरेको थियो । अनुगमन कै क्रममा केहि होटलहरुमा सरसफाई नपुगेको भेटिएको थियो ।