साहरुखको सहयोगः राहत कोषमा रकमदेखि ५० हजार पीपीइसम्म’

शिक्षा

बलिउड नायक साहरुख खानले कोरोना संक्रमणसँग जुध्नका लागि विभिन्न ७ शिर्षकमा सहयोग गर्ने घोषणा गरेका छन ।

नायक अक्षय कुमारले २५ करोड सहयोग गरेसँगै साहरुखको आलोचना पनि भएको थियो । तर, साहरुख च्यारेटी देखाएर गरिने कुरा होइन भन्ने मान्यता राख्छन ।
उनै, साहरुखको कम्पनी रेड चिल्लीले जारी गरेको विज्ञप्तीमा विभिन्न ७ शिर्षकमा सहयोग गर्ने बताइएको छ ।

साहरुखले सामाजिक संजालमा लेखेका छन–‘यदि बेला सबै मानिसहरु एक अर्काको सहयोग गरिरहेका छन । जबकी, हामी एक अर्कालाई चिन्दैनौ । तर, हामी एक्लै छैनौ । भारत हामी सबैको परिवार हो र एक अर्काको मद्दत गरेर यो परिवारलाई जोगाउनु छ ।’

योसँगै साहरुखले विभिन्न ६ राज्यमा सहयोगको योजना सार्वजनिक गरेका छन । यसका साथै, साहरुखले प्रधानमन्त्री राहत कोष, महाराष्ट्र मुख्यमन्त्री राहत कोष र वेष्ट बंगाल मुख्यमन्त्री राहत कोषमा सहयोग गर्ने बताएका छन ।

यस्तै, साहरुखको क्रिकेट टिम र उनको एनजीओले बंगाल र महाराष्ट्र सरकारलाई ५० हजार पीपीई उपलब्ध गराउने बताएको छ । यस्तै, साहरुखको एनजीओ मीर फाउन्डेशनले एक महिनासम्म मुम्बइका ५५ सय परिवारका लागि खानको समेत व्यवस्था गर्नेछ ।

यस्तै, अस्पतालमा पनि खानको व्यवस्था गर्ने बताइएको छ । साहरुखको यती लामो सहयोगको चर्चा अहिले सामाजिक संजालमा खुबै भैरहेको छ ।
साहरुख, सबैभन्दा धेरै च्यारेटी गर्ने बलिउड कलाकार समेत हुन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर