नयाँ वर्ष :नवलपुरका धार्मिक क्षेत्रमा घुइचो

शिक्षा

बिबेक भण्डारी , बैशाख १
नयाँ वर्षको अवसरमा नवलपुरका धार्मिक मठमन्दिरमा विहानै देखि दशर्नाथिहरुको घुइचो देखियो । जिल्लाका धार्मिक पर्यटन क्षेत्र अन्तरगत गैडाकोटमा रहेको मौलाकालिका मन्दिर र दाउन्नेमा विहानै देखि दशर्नाथिहरुको घुइचो लागेको थियो । हरेक वर्ष दशर्नाथिको भिड हुने यहाँका मठमन्दिरहरुमा यो वर्ष कोरोनाले भने रोकेन । कोरोनाको दोस्रो लहर सुरु भएको भनिए पनि नयाँ वर्षमा मन्दिर आउनेको संख्या भने घटेन ।

नयाँ वर्षमा भगवानको आस्था र पुजा गरे राम्रो हुने विश्वासका साथ दशनार्थिहरु मन्दिर आउने गरेको गैडाकोट मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सालिकराम सापकोटाले बताए । उनका अनुसार नयाँ वर्ष बुधवार मात्र पाँच हजार बढि दशर्नाथिहरुले मन्दिर दर्शन गरेको जानकारी दए । दशर्नाथिहरुको उच्च चापका कारण मन्दिर व्यवस्थापन समितिलाई व्यवस्थापन गर्न समेत धौधौ भएको थियो । मन्दिर व्यवस्थापन समितिका विष्णुहरी रिमालका अनुसार दशर्नाथिहरुको चाप बढ्दा मुल गेटको पश्चिम तर्फबाट मन्दिर जाने व्यवस्था मिलाएको बताए ।

मन्दिरमा चाप बढि हुदा अधिकाशंले मन्दिर बाहिर पुजाआजा गरेका थिए । गैडाकोट १० बाट आएका पुरुषेत्तम सिग्देलले दशर्नाथिहरुको चापले गर्दा मन्दिर भित्र गएर दर्शन गर्न नसकेको र बाहिर पुजा गरेको बताए । यो संगै जिल्लाको दाउन्नेमा पनि दशर्नाथिहरुको चाप उत्तिकै थियो । मन्दिरमा गत वर्ष जस्तै यो वर्ष दशनार्थिहरुको चाप थियो । मन्दिर व्यवस्थापन समितिका अनुसार नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापडण्ड मपनाएर दशर्नाथिहरुलाई मन्दिर प्रवेश गराएको बताए । दाउन्नेमा करिव तिनहजार दशर्नाथिहरुले दर्शन गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर