बिबेक भण्डारी, बैशाख ३
देवचुली मा वि रजहर गण्डकी प्रदेशको ठुला विद्यालय कार्यक्रममा छनौट भएको छ । विद्यालयले शुक्रवार पत्रकार सम्मेलन गर्दे सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको “ठुला बिधालय“ कार्यक्रम अन्तर्गत छनोट भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा “ठुला बिधालय“ कार्यक्रम अन्तर्गत हुने गतिविधिको बारेमा विद्यालयका प्रधानध्यापक नारायण भण्डारीले जानकारी गराउनुभएको थियो ।
ठुला विद्यालय छनौटमा परे पछि विद्यालयको शैक्षिक र भौतिक विकासमा टेवा पुर्याउने बताउनुभयो । अब विद्यालय परियोजना कार्यन्वयनको तयारीमा रहेको जानकारी गराउनुभयो । प्रधानध्यापक भण्डारीले विद्यालयको भौतिक विकास अन्तरगत १ सय २३ कोठाको सुविधायुक्त होस्टेल भवन, विद्यालय परिसरमा स्वीमिङ्ग पुल, प्रशासनिक भवन लगायतका भौतिक विकास हुने बताउनुभयो । उहाँका अनुसार परियोजनाको लागि विद्यालयले ३३ करोडको प्रपोजल पेश गरेको बताउनुभयो । माध्यमिक विद्यालय तथा प्राविधिक धार तर्फ सिभिल इन्जिनियरड्ड विषयमा संचालन भइरहेको विद्यालयले स्वर्ण महोत्सव पनि आयोजना गर्ने सोहि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । आगामी पौष देखि चैत्र १५ गते सम्म स्वर्ण महोत्सव हुने छ ।
स्वर्ण महोत्सवमा खेलकुद तथा शैक्षिक कार्यक्रमहरु, किशोरी तथा महिला समुह, युवा, जेष्ठ नागरिक समुह लक्षित जनचेतना मुलक, व्यक्तित्व विकास, प्रेरणादायी तथा क्षमता अभिवृद्धि तथा सम्मान, स्टल सहितको विज्ञान प्रदर्शनी, साहित्यिक, साँस्कृतिक एवं प्रतिस्पर्धात्मक कार्यक्रम, स्वास्थ्य शिविर, मेडिटेसन तथा आत्मविश्वास अभिवृद्धि र वृक्षारोपणर रक्तदान, सरसफाई लगायतका कार्यक्रमहरु गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा पत्रकारहरुले कोभिडको अवस्थामा स्वर्ण महोत्सव कार्यक्रम कसरी आयोजना गर्दे छ भन्ने प्रश्नमा विद्यालय प्रधानाध्यापक भण्डारीले कार्यक्रम आयोजना तालिका अहिले बनाए पनि कोभिडको अवस्थालाई हेरी स्वर्ण महोत्सवको तालिकामा हेरफेर हुन सक्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रसाद न्यौपानेको समेत सहभागितामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । विद्यालयको भौतिक विकास संगै विद्यार्थिको शैक्षिक विकासमा देवचुली मा वि लागि परेको बताउनुभयो ।