नवलपुरका मुख्य नाकामा सीसीटिभी जडान

शिक्षा


बिबेक भण्डारी बैशाख ३

लागु औषध कारोवार बृद्धि हुन थाले पछि नवलपुरका मुख्य नाकामा सुरक्षा कडा पारिएको छ । जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार भारतीय नाका नजिक रहेको कारण लागु औषध ओसार पोसार सम्बन्धि मुद्धा बढ्न थाले पछि जिल्लाको प्रमुख नाकाहरुमा अत्याधुनिक प्रणाली सहितको सीसीटिभी जडान गरिएको जानकारी गराएको छ । यस्ता गतिविधि निग्रानीका लागि सीसीटिभी गैँडाकोटको नारायणी पुल नजिक तीन वटा र दुम्कीवासमा जडान गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखराले आफ्नो प्रदेशको प्रवेश नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाउँदै सडकमा हुने घटना तथा दुर्घटना न्यूनिकरण गर्न अध्याधुनिक सीसीटिभी जडानमा सहयोग गरेको हो । जिल्लााको पूर्वी नाका गैँडाकोटमा तीन वटा सीसीटिभी जडान भइसकेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । यो प्रविधि सहितको क्यामेरा जिल्लामै पहिलो पटक जडान गरिएको हो । तीन वटा क्यामराले रेकर्ड गर्ने डाटा १५ देखि १८ दिन सम्म स्टोर गर्ने क्षमतामा रहेको छ ।

अहिले जडान गरिएको ठाउँबाट ढेड देखि २ सय मिटरसम्म पनि क्लिएर अव्जेक्ट दिने गरेको थापाले बताउनुभयो । दुर्घटना गराएर भाग्ने सवारी साधनहरु तथा ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई पहिचान गर्न पनि यसले ठूृलो मद्दत मिल्ने भएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर