दाउन्नेमा यात्रु बस दुर्घटना, ३१ जना घाइते

शिक्षा

नवलपुर बैशाख ४ ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना.५ ख ७००० नं.को बस आफै अनियन्त्रित भई सडक देखि २०० मिटर तल खस्दा ३१ जना घाइते भएका छन । बस दाउन्नेमा दुर्घटना भएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भएको उक्त दुर्घटनामा ३१ जना घाइते भएको र उनिहरुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो । दुर्घटनामा १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जना घाइते भएका हुन । २ जना गम्भिर घाइते भएका छन ।

गम्भिर घाइते भएकाको भरतपुर स्थीत पुरानो मेडिकल कलेज र सामान्य घाइतेको स्थानिय अस्पतालमा उपचार भइ रहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर