दाउन्ने बस दुर्घटना अपडेट : घाइते मध्ये ३ जनाकाे मृत्यु

शिक्षा

नवलपुर बैशाख ५ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत  नवलपुर स्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परि घाइते भएका मध्य तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मध्य दुई महिला र एक जनाका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका ३१ जना मध्य तीन जनाको राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो । दुर्घटनामा परि मृत्यु हुनेहरुमा ईलाम बस्ने २५ वर्षिय धनु दर्लामी ,मकवानपुर बकाया गाउँपालिका –५, घर भई हाल विनयी त्रिवेणी गाउँपालिका –२, स्थित गुम्बामा बस्ने ५७ वर्षिय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका –२५, बस्ने ७२ वर्षिय हिमलाल न्योपाने रहेका छन् ।  अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका बिभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो । शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्नेमा बस आफै अनियन्त्रीत भई सडकबाट दुई मिटर तल खसेको थियो ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो । बस दुर्घटनामा परि बसमा सवार सबै घाइते भएका थिए । सडकबाट तल भिरमा बस खसेकाले घाईतेको उद्धारमा समेत कठिनाई भएको थियो । जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाईतेको उद्धार गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर