डिजिटल क्लासरुममा सघाउदै चौधरी फाउण्डेशन

शिक्षा

काठमाण्डौ
चौधरी फाउण्डेसनले बिपन्न बिद्यालयको स्तरोन्नतीकालागि यो वर्ष थप १२ बिद्यालयमा डिजिटल क्लासरुम सहयोग गर्ने भएको छ बिभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिमा आधारित विश्वव्यापी अध्ययनको पहुचमा नेपाली बालबालिका पनि पुग्न सकुन् भनेर फाउण्डेसनको क्वालिटी स्कूल कार्यक्रम अन्तर्गत डिजिटल क्लासरुमको अवधारणा कार्यान्वयनमा ल्याएको हो । देशभरका बिपन्न विद्यालयलाई गुणस्तरीय शिक्षा कार्यक्रममा समावेश गर्ने उदेश्यका साथ डिजिटल क्लासरुमको कार्यक्रम संचालन गरेको फाउण्डेसनले बताएको छ । फाउण्डेसनको यस कार्यक्रममा यसबर्षका लागि बर्दिया, पाल्पा, पर्वत, कास्की, नवलपुर र सुनसरीका १२ विद्यालय परियोजनाका लागि छनौट भएका छन् । छनौट भएका बिद्यालयमा फाउण्डेशनले कम्प्यूटर, टेलिभिजन, र प्रोजेक्टर दिदै आएको छ । बिपन्न बिद्यार्थीलाई लक्षित गरेर यो कार्यक्रम संचालनमा ल्याइएको हो । सुनसरीको दुहबी नगरपालिका स्थित जनता मा.वि., गढी गाँउपालिका स्थित सरस्वती मा.वि. तथा धरान उपमहानगरपालिका मा रहेको शिक्षा निकेतन गरी सुनसरी जिल्लाका तीन विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रम माझ कम्प्यूटर सामाग्री हालै हस्तान्तरण गरिएको हो ।

चौधरी गु्रपका प्रदेश १ कार्यालयका प्रमुख रामजी कट्वालले श्वब्यापीकरणको आधुनिक युगमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाईदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना जरुरी रहेको बताए । फाउण्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले आधुनिक प्रविधि मार्फत् हुने अध्यापनबाट मात्रै विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सम्भव हुने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न निजी क्षेत्रको पनि भूमिका रहने स्पष्ट पारिन । निजी तथा सामुदायिक विद्यालय बीच अन्तरलाई कम गर्न पनि यो कार्यक्रम आवश्यक रहेको फाउण्डेसनले बताएको छ । यसअघि पूर्वी नवलपरासी , चितवन र सिन्धुपाल्चोकका समेत गरेर २४ विद्यालयमा कम्प्यूटर, प्रोजेक्टर र टेलिभिजन सेट हस्तान्तरण गरिसकेको छ ।

यस परियोजना अन्तर्गत प्रत्येक विद्यालयले ८ देखि १० कम्प्युटर, एलजी टेलिभिजन तथा प्रोजेक्टर प्राप्त गरेका छन् । यसका अतिरिक्त फाउण्डेसनले डियरवाक लर्निङ सेन्टरसंग सहकार्य गर्दै हरेक कम्प्युटरमा इलर्निङका सामाग्री तथा कक्षा ४ देखि ११ सम्म विज्ञान, गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन आदि विषयहरुका पाठ्यक्रममा आधारित भिडियो अडियो उपलब्ध गराइएको छ । चौधरी फाउण्डेशनले सामाजिक उत्तरदायित्व अन्तरगत वर्षेनी यस्तो सहयोग गर्दै अँएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर