चैते दशैका अवसरमा नवलपुरका देवी मन्दिरमा विहानै धेरै घुइचो

शिक्षा

नवलपुर बैशाख ७ ।
मंगलवार चैते दशै नवलपुरका धार्मिक क्षेत्रमा विहानै देखि दशनार्थिहरुको भिड लागेको छ । चैते दशैको अवसरमा जिल्लामा रहेका देविहरुको मन्दिरमा विहानै देखि भिड लागेको छ । जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका मन्दिर र दाउन्नेमा रहेको दाउन्ने देवीको मन्दिरमा विहानै देखि दशनार्थीहरुको भिड लागेको थियो ।

सानो दशैका रुपमा मानिएको चैते दशैमा देवी भगवतीको पुजा आराधना गर्नाले सुख शान्ती मिल्ने भन्दै विहानै देखि दशर्नार्थीहरु देवीको मन्दिरमा पुगि पुजापाठ गरेका छन । हरेक वर्ष चैते दशैमा विविध कार्यक्रम गरिने यहाँका मन्दिरहरुमा भने यो वर्ष कोरोनाका कारण कार्यक्रम आयोजना हुन सकेनन् ।

तर मन्दिर दर्शन गर्न आउनेहरुलाई भने विहानै देखि मन्दिर खुल्ला गरिएको हो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर