९ महिनाको अवधीमा सवारी दुर्घटनामा परि नवलपुरमा ३४ जनाले ज्यान गुमाए

शिक्षा

कावासोती

चालु आर्थिक वर्षको ९ महिनाको अवधीमा सवारी दुर्घटनामा परि नवलपुरमा ३४ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ३४ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सबैभन्दा बढि पुरुष ३१ जना रहेका छन । भने महिला एक जना र ज्यान गुमाउने बालको संख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्याङ्कमा उल्लेख छ ।

दुर्घटनामा परि गम्भिर घाईते हुनेमा १ सय ८ जना छन् । गम्भिर घाईते हुने पुरुषको संख्या ८३ छ । यस्तै गम्भिर घाईते महिलाको संख्या १६ र बालबालिकाको संख्या ९ रहेको छ । यसैगरि सामान्य घाईते हुनेको संख्या ५५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढि दुर्घटनामा पर्नेमा मोटरसाईकल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी पदम बढुको भनाई छ । दुर्घटनामा पर्नेमा अधिकाशं पुरुष छन् भने, त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाउने गरेको उहाँ बताउनुहुन्छ । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो ।

युवा पुस्ताहरुले बढि स्पीडमा हाक्ने , मोवाईलफोनको प्रयोग गर्ने , जस्तोठाउँमा पनि ओभरटेक गर्ने गर्दा मोटरसाईकल बढि दुर्घटनामा पर्ने गरेको पाईएको उहाँ बताउनुहुन्छ । यसैबीच चालु अर्थिक वर्षको ९ महिनाको अवधीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले ८२ लाख ६४ हजार रुपिँया राजश्व संकलन गरेको छ । विभिन्न सवारी साधन गरि १३ हजार २ सय वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व संकलन भएको हो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर