https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

विश्वासीलो बन्दै प्राकृतीक उपचार

शिक्षा

बिबेक भण्डारी,
कोरोना संक्रमणका समयमा प्राकृतीक उपचार फलदायि भएको भन्दै यो उपचार पद्धती अपनाउनेको संख्या बढेको छ । मानव शरिरका लागि प्राकृतीक उपचार नै असली उपचार रहेको भन्दै प्राकृतीक उपचार गर्न आउने अहिले बढेका हुन । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतीक चिकित्सालयमा कोभिड पछि उपचार गर्न आउनेको संख्या थेगि नसक्नु छ । प्राकृतीक पद्धतीद्धारा उपचार गराउदै आएको सामुदायिक चिकित्सालयमा कोरोना पछि अस्पताल संञ्चालनमा आएपछि उपचारका लागि नामदर्ता गराउनेको संख्या नै थेगि नसक्नु अवस्था भएको चिकित्सालय व्यवस्थापनले दावि गरेको छ । कोभिडको समयमा कोभिड अस्पताल बनाइएको र धेरै कोरोना संक्रमितहरुलाई प्राकृतीक पद्धतीद्धारा नै निको बनाएको कारण पनि प्राकृतीक उपचारमा विश्वास राख्ने बढेका हुन । कोरोनालाई सजिलै जिताउन सक्ने यो पद्धतीले अरु सामान्य रोगहरुलाई पनि निको बनाउने विश्वास राख्दै प्राकृतीक उपचार लिन आउनेको संख्या बढेको हो ।

कोभिडका कारण प्राकृतीक उपचार दिन नसकेको भए पनि अहिले भने चिकित्सालयले सबै प्रकारका उपचार प्रदान गरेको चिकित्सालयका डाक्टर विनोद पौडेलले बताउनुभयो । कोभिडका समयमा घरमै बस्नु परेको, मानसिक तथा शारिरीक दुबै समस्या झेलेका विरामीहरु चिकित्सालयमा बढि आएका छन । प्राकृतीक उपचार गराउन अहिले अधिकासं कोरोनाले असर गरको विरामीहरु आएको चिकित्सालयका निर्देशक समेत रहनुभएका डाक्टर विनोद पौडेलले बताउनुभयो ।


कोभिड पछि उपचार लिन आउने विरामीको संख्या आफुहरुले सोचे भन्दा बढि भएको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार अहिले कोभिडको दोस्रो लहर सुरु भएका कारण पहिले देखि उपचार लिइ रहेका विरामीहरुलाई मात्र उपचार दिइएको बताउनुभयो । अहिले उक्त चिकित्सालयमा बिस जना भन्दा बढिले उपचार लिइ रहेका छन । प्राकृतीक चिकित्सालय उपचारमा विश्वास राख्ने र यो उपचार अपनाउनेहरु प्राकृतीक उपचार नै अहिलेको अवस्यकता सम्झने र उपचारमा सामेल हुने गरेका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर