मौरि चराउन नवलपुरबाट दाङ्ग

शिक्षा

बिबेक भण्डारी
नवलपुरका कृषकहरु हरेक वर्ष मौरि चराउन दाङ्ग लैजाने गर्छन । मौरिका लागि उपयुक्त चरनक्षेत्र रहेका कारण हरेक वर्ष यहाँका कृषकहरुले चरिचरणका लागि तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर लगायतका स्थानमा मौरि चराउन लाने गरेका छन ।

विशेष कात्तिक महिनामा किसानहरु मौरि चराउन दाङ्ग जिल्ला लैजाने गरेका छन । “ यहाँ मौरिका लागि आवस्यक पर्ने मौरिको खाना सिमित छ, अधिक खानाको लागि दाङ्ग लैजानै पर्छ” नेपाल मौरि पालन व्यवशाय संघ नवलपुरका अध्यक्ष यदुनाथ कंडेल ले भने ।

मौरिका लागि आवस्यक खाना दाङ्गमा जस्तै यहाँ किन बनाउन मिल्दैन भन्दा अध्यक्ष कंडेल भन्छन“ नमिल्ने हैन तर मौरिका लागि उचित वातावरण पनि आवस्यक हुने हुदा मौरिको खाना र वातावरण मिलाउन हरेक वर्ष मौरि घार बोकेर दाङ्ग लैजान्छौ । ” अध्यक्ष कडंडेलले बताए । चिउरी,विभिन्न प्राकृतीक फुलहरु भएका क्षेत्रमा चराउन मौरि लानुपर्ने हुन्छ ।

मौरि चराउन कै लागि दाङ्गमा एक देखि तिन महिना वा सो भन्दा बढि लाग्ने अध्यक्ष कंडेलले बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर