बिबेक भण्डारी
नवलपुरको देवचुली नगरपालिकामा रहेको घुमाउरे सामुदायिक वनले वनलाई थप व्यवस्थापन गरि वनको संरक्षण गर्ने योजना अघि सारेको छ । वनका अध्यक्ष दिपक भट्टराइले वनलाई अझ व्यवस्थापन गरिने बताए । वनभोज स्थलको रुपा चिनिएको उक्त वनका लागि आगामि दिनमा थप वन भित्रै आकर्षक स्थलहरु निर्माण गरिने बताए ।
उनका अनुसार घुमाउरे वनलाई आफ्नो पालामा थप सुधार र व्यवस्थापन गरिने बताए । सामुदायिक वनको दुई सय छ हेक्टर जमिन मध्ये ३५ हेक्टर क्षेत्रफलमा आकर्षक वनभोज स्थल समेत हाल सो वनमा रहेको छ । “यो सामुदायिक वन मात्र होइन, वनभोज स्थल पनि हो” अध्यक्ष दिपक भट्टराईले बताए । अध्यक्ष भट्टराइका अनुसार हाल वनमा भौतिक विकास खासै नभए पनि वनमा प्राकृती सुन्दरता झल्कने खालका वस्तुहरु बनाइ वनलाई आकर्षक बनाइने योजना रहेको बताए । पौष ६ गते उक्त वनमा भट्टराइको अध्यक्षतामा नयाँ समिति आएको हो ।
अध्यक्ष भट्टराइले समितिले अहिले फरक योजना ल्याएको बताए । “वनभोज स्थललाई हामिले तिन भागमा विभाजन गर्यौ, क,ख र ग ब्लक बनाएर काम गरि रहेका छौ” अध्यक्ष भट्टराइले भने । अहिले “क” व्लकमा काम भइ रहेको छ । अरु ब्लकहरुमा बाटो निर्माण देखि विरुवा गोडमेल र रंगरोगन गरेको अध्यक्ष भट्टराइले बुलन्द अनलाइनलाई बताए । वनले अहिले जंगलबाट वनमा लैजाने गरि काम गरेको भट्टराइको भनाइ छ ।
भट्टराइ भन्छन “हामिले जंगलबाट वनमा लैजाने योजना तयार बनाएका छौ, सामुदायिक वनबाट वर्षेनि वनका सालका काठ बेचेर मात्र आम्दानी गर्ने भन्दा पनि सो वनका वोट विरुवाहरुलाई संरक्षण गरेर थप वनलाई सुन्दर बनाउन तर्फ लाग्ने र यसैलाई अवलोकनको केन्द्र बनाएर आम्दानि गर्न आवस्यक छ” अध्यक्ष भट्टराइले बताए । यो संगै उक्त वन क्षेत्रमा यस अघिको कार्य समितिले लगाएको सयौँ जडिबुटीहरुको संरक्षण गर्ने र सोहि विरुवालाई अकर्षक बनाइने बताए । हरेक विरुमा विरुवाको नाम राख्ने बताए ।
विज्ञान विषय अध्ययन गर्ने विद्यार्थिहरुलाई पनि विरुवाको अवलोकन क्षेत्र बनाइने गरि काम थालेको बताए । यस्तै वनमा अरु वनहरु संग सहकार्य गरि वनभोज स्थलमा सानो चिडिया घर समेत योजना रहेको अध्यक्ष भट्टराइले बताए । यस्तै वनमा पोखरी निर्माण देखि वनभोजका लागि आउनेलाई वनभोज स्थलमै वनभोजका लागि आवस्यक पर्ने तरकारी देखि सबैको सुविधा दिने गरि वनले योजना बताएको छ ।