मौरिपालनमाबाट राम्रो आम्दानि गर्दे युवाहरु, जिल्लामा वार्षिक तिस टन मह उत्पादन

शिक्षा

बिबेक भण्डारी नवलपुर ।
स्वदेशमा भन्दा विदेशमा सजिलै पैसा कमाउन सकिन्छ भन्ने नवलपुरका युवाहरुलाई मौरिपालनले पाठ सिकाएको छ । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवाहरु अहिले स्वदेशमै मनग्य आम्दानी हुदा दंग परेका छन । मौरि पालनले स्वदेशमै बसेर राम्रो आम्दानि दिन थाले पछि नवलपुरका युवाहरु मौरि पालनमा आकर्षित भएका छन । जिल्लाको गैडाकोट, देवचुली, कावासोती लगायतका स्थानियतहका युवाहरु कृषि पेशा अन्तरगत मौरिपालनमा चासो दिन थालेका छन । मौरिपालन मा लाग्ने युवाहरुका लागि केन्द्र, प्रदेश र पालिकाहरुले आकर्षक अनुदानहरु प्रदान गर्दा पनि युवाहरु मौरिपालनमा लागेका हुन । देवचुली नगरपालिका ९का चन्द्रबहादुर थापालाई पहिले मौरिपालनबाट के नै आम्दानि गर्न सकिन्छ जस्तै लाग्थो तर मौरिपालनमा लागे पछि यसबाट नसोचेको आम्दानिहुने हुदा मौरिपालनमा लागेको बताउछन । उनका अनुसार मौरिपालनका लागि धेरै मेहेनत पनि गर्नुनपर्ने लगानि पनि आफ्नो क्षमता अनुसार लगाउन पाइनेहुदा मौरिपालन तर्फ आफ्नो आकर्षण बढेको उनि बताउछन ।

उनि मात्र होइन उनि जस्ता धेरै युवाहरु अहिले मौरिपालन गर्ने र पकेट क्षेत्र संगै ब्लक क्षेत्र बनाउने योजनामा छन । देवचुली नगरपालिकाकै राजेन्द्र रावलले प्रदेशको अनुदानमा ठुलै मह प्रसोधन केन्द्र नै स्थापना गरि संञ्चालन गरि रहेका छन । विदेश जानुभन्दा आफ्नो बाबुबाजेले चलाउदै आएको मौरिपालन लाई अगाढि बढाउन पर्छ भन्ने उद्देश्यले मौरिपालनमा लागेको उनिहरु अहिले प्रशोधन केन्द्र नै संञ्चालन गरेका छन ।

मौरिपालन गर्न युवाहरु सामुदायिक वन संग साझेदारी गरि घार व्यवस्थापन गर्ने गरेका छन । नवलपुमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुदा अहिले विशेष गरि युवाहरु मौरिपालनमा बढि आकर्षित भएको नेपाल मौरिपालन व्यवशाय समिति नवलपुरका अध्यक्ष यदु कंडेल बताए । उनका अनुसार कोभिडले बेरोजगार भएका र रोजगारको कुनै स्रोत नभएकाहरुलाई जो मौरिपालन गर्न चाहन्छ उनिहरुलाई मौरिपालन गराउन अनुदान दिने गरेको अध्यक्ष कंडेल बताउछन ।

देशमा आम्दानिको स्रोत छैन भन्दै दैनिक विदेश धाउनेहरुका लागि नवलपुरका युवाहरु उदाहरणको पात्र बनेका छन । आट र जाँगर चलाउने हो भने स्वदेशमै आम्दानिका बाटाहरु धेरै छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर