आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार

शिक्षा

कैलाली ।

धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।

त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिनुभयो ।

ती संक्रमितहरु भारतको बेली जंगलतर्फ भागेकोे बताइएको छ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर