पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द,नित्य पूजा भने नरोकिने

शिक्षा

काठमाडौं ।

कोरोनाको संक्रमण बढ्दै गएपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका मन्दिरमा नित्य पूजा भने नरोकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषको भनाइ छ । अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द रहने छन् । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गते मात्र खुला गरिएको थियो ।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर