नवलपुर ,बैशाख १० ।
नवलपुरको बुलिङ्गटार गाउँपालिकाको वडा नं ६ को बर भञ्ज्याङमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
दलदलेबाट डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नं को जिप दुर्घटना हुँदा जिपमा सवार पाल्पा रामपुर बस्ने अजय बिकको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाईते भएका तीन जनालाई थप उपचारको लागि कावासोती मध्यविन्दू जिल्लाअस्पताल ल्याइएको छ । १६ जना यात्रु बोक्ने क्षमता भएको जिपले क्षमता भन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।