कोरोना संक्रमणबाट नवलपुरका ४५ वर्षिय पुरुषको ज्यान गयो

शिक्षा

चितवन

चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमणका कारणले नवलपुरका एक पुरुषको मृत्यु भएको छ ।

शनिवार मेडिकल कलेजले प्रेषित गरेको विज्ञप्ति अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका नवलपुरको मध्यबिन्दु ८ नम्बर वडाका ४२ वर्षीय एक पुरुषको शनिवार कोरोनाको कारणले निधन भएको हो । विज्ञप्तिमा वैशाख ९ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्यामा भई उपचारको लागि मेडिकल कलेज भर्ना भएका ती पुरुषलाई वैशाख १० गते कोरोना पुष्टि भएको जनाइएको छ ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा पनि निज कोरोना संक्रमित बिरामीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर