चितवनमा बिहीबार राति १२ बजे देखि निषेधाज्ञा जारी हुने

शिक्षा

चितवन, : चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज (बुधबार) बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार निषेधाज्ञा ३१ गतेसम्म लागु हुनेछ । निषेधाज्ञामा स्वास्थ्य संस्था, फार्मेसी विद्युत कार्यालय, दुर सञ्चार तथा ईन्टरनेट सेवा खानेपानी, फोहोर मैला व्यवस्थापन ग्यास तथा पेट्रोलियम पदार्थ तरकारी, फलफुल, खाद्यान्न, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, माछा, अन्डा सम्बन्धि सेवा स्वास्थ्य मापदण्ड पूरा गरि कलकारखाना बिरामी बाहेक २ जना कुरुवासहित एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी साधन, मालबाहक सवारी साधन, निर्माण सामाग्री ढुवानी गर्ने साधन,

सरकारी काममा प्रयोग हुने सवारी बैंक तथा एटिएमका सवारी साधन सञ्चारकर्मीले प्रयोग गर्ने साधन कृषि उपकरण ढुवानी गर्ने साधन अनुमानि प्राप्त साधन संञ्चालन हुने जनाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर