बिबेक भण्डारी ,
देवचुली वडा नम्बर दुईका जेष्ठनागरिक र विद्यार्थिहरुलाई सम्मान तथा शैक्षिक सामाग्रि प्रदान गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर दुईको आर्थिक सहयोग तथा दलित शसक्तिकरण कार्यक्रमको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
वडा नम्बर दुईका वडा अध्यक्ष माधव केसीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा वडा भित्र रहेका ९ जना जेष्ठ नागरिक,६० जना विद्यार्थिहरुलाई स्टेसनरी र ७ जना उच्च शिक्षा लिइ रहेकालाई सम्मान गरिएको थियो । वडा सदस्यहरु, नेपाली काग्रेस वडा सभापति भेषराज न्यौपाने, एमाले वडा सभापति बद्रि कोरोइराला , स्थानिय समाज सेवी लगायतको सहभागिता रहेको थियो । दलित शसक्तिकरण कार्यक्रमका संयोजक गणेश विकको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा दलित शसक्तिकरण विषयमा अन्तरक्रिया समेत संचालन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका वडा अध्यक्ष केसीले दलित समुदायको हकहितका लागि आफु लागेको बताए । उनले वडामा सार्वजनिक जग्गा नभएको कारण आफुले दलित समुदायको लागि भवन निर्माण गर्न नसकेको बताए ।
वडा अध्यक्ष केसीले वडा नम्बर २ मा त्यस्तो सार्वजनिक जग्गा भए खबर गर्न र त्यसमा दलित समुदायको लागि आवस्यक पर्ने भवन बनाउन तयार रहेको बताए । मुक्ति समाज नेपालका केन्द्रिय सदस्य विद्या विश्वकर्माको समेत सहभागिता रहेको उक्त कार्यक्रममा दलितहरु आफ्नो हकहितका लागि सधै लाग्नुपर्नेमा जोग दिए । उनले शैक्षिक क्षेत्र देखि हरेक विषयमा दलित समुदाय पछि पर्ने हुदा यसमा विषेश ध्यान दिन पनि उन्ले आग्रह गरे । वडामा दलित समुदायलाई स्थानियतहले पहिलो पटक सम्मान गरेको भन्दै दलित समुदायका जेष्ठनागरिक र विद्यार्थिहरु उत्साहित बनेका थिए ।