नवलपुर २१ ।
कोरोनाका कारण अन्य क्षेत्रको काम रोकीए पनि नारायणगढ – बुटवल चार लेन सडक विस्तारको काम भने निरन्तर संचालन हुने जनाइएको छ । निर्धारित समयमा नै काम सम्पन्न भए सबैका लागि सहज हुने भएकाले स्वास्थ्य मापदण्ड पुरा गरेर भए पनि कामलाई निरन्ता दिइने सडक निर्माणको जिम्मा पाएको चाइना कन्ट्रक्सनले जनाएको छ । अहिले आयोजनामा ३ सय जना कामदार कार्यरत छन् ।
उनीहरुलाई कम्पनीले नै छुट्टै बस्ने व्यवस्था गरेर स्वास्थ्य मापदण्ड पुरा गर्दै काममा लगाउने छ । कामदारको निश्चित संख्यालाई फरक फरक ठाउँमा खटाएर , स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर काम गर्ने चाइना कन्ट्रक्सले जनाएको छ । सडक विस्तार अन्तरगत अहिले माटो पुर्ने , ठूला पुल , कल्भर्ड , नाला निर्माण र रुख कटान गर्ने काम भईरहेको छ । गैंडाकोट क्षेत्रमा ७ वटा डाइभर्सन निर्माण गरेर ठूला पुल निर्माण भईरहेको छ । ७० प्रतिशत रुख कटानको काम सकिएको र सडकदेखि दक्षिणतर्फ पर्ने मध्यवर्ती क्षेत्रको ४ हजार रुख कटानको काम सकिएको जनाइएको छ ।
सडक बिस्तारका क्रममा यहाँ ४६ हजार २ सय ९४ हजार रुख कटान हुँदैछ । अहिले दुई लेन रहेको नारायणगढ बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको छ । दुई – दुई लेनको बिचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ ।