बिबेक भण्डारी
नवलपुरमा रहेका स्थानियतहहरुले कोभिडका कारण तत्काल सेवा प्रदान गर्न अक्सिजन सहितको उपचार कक्ष बनाउनमा जोड दिएका छन । देवचुली नगरपालिकाको दुम्कौली प्रथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन सहितको ५ वेडको आईसोलेसन तयार गरेको छ । दुम्कौली प्राथमिक स्वास्थ्य चौकीमा अक्सिजन सहितको ५ वेडको आईसोलेसनको योजना र तयारी पहिले देखि थालिएको भए पनि ५ वेडको आईसोलेसन मंगलबारदेखि शुरु गरिएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । आईसोलेसनमा ८ जना डाक्टर, ४ जना नर्स, ४ जना पारामेडिकल र सहयोगी खटाएको जानकारी बताउनुभयो ।
गैडाकोटमा अक्सिजन सहितको २० वेडको आइसोलेसन तयार
उता जिल्लाकै गैँडाकोट नगरपालिकाले पनि अक्सिजन सहितको २० वेडको आइसोलेसन तयार गरेको छ । (साविक पितौजी अस्पताल) गैँडाकोट नगर अस्पतालसँगै रहेको कर्भडहललाई नै आईसोलेसनको रुपमा तयार गरिएको जनाइएको छ । नगरपालिकाले तिनवटा कोठाको आइसोलेसन कक्ष तयार पारेको बताइएको छ । एउटा कोठामा १६ जना र २÷२ जना अट्ने गरि २ वटा गरि व्यवस्थापन मिलाउने गैँडाकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रासद सुवेदीले जानकारी दिनुभयो ।
बुलिङटार गाउँपालिकामा पनि अक्सिजन सहितको १० आइसोलेसन तयार
बुलिङटार गाउँपालिकाले पनि केहि दिन अघि अक्सिजन सहितको १० वेडको पाँच सिलिन्डर अक्सिजन प्रयोग गर्न मिल्ने गरि वेड तयार रहेको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिनुभएको छ । गाउँपालिकाले प्राथामिक स्वास्थ्य केन्द्रमा पाँच सिलिन्डर अक्सिजन सहितको कक्ष निर्माण भएको छ ।