नवलपुरमा चट्याङ्ग लागेर ३ मजदुर घाइत

शिक्षा

नवलपुर बैशाख २८ ।
नवलपुरमा चट्याङ्ग लागेर ३ जना मजदुर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी गाउँपालिका १ जोगीकुटी स्थित विनयी खोलामा लु २ त ७७११ नम्बरको ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा चट्याङ्ग लागेर ३ जना घाइते भएका हुन् । पानी परिरहेको अवस्थामा बालुवा लोड गरिरहेका मजदुरहरुलाई चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ निवासी ५६ बर्षीय लाल विहारी, २७ बर्षीय मोहन चमार र गुल्मीको गुल्गी दरबार गाउँपालिका २ बस्ने ४२ बर्षीय खिमबहादुर तङनामी घाइते भएका हुन् । उनीहरु मध्ये चमारको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुका दुम्किबासको पर्वत मेडिकलमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर