नवलपुरमा दश दिन निषेधाज्ञा थप गर्ने प्रशासनको निर्णय

शिक्षा


जेठ ३ नवलपुर ।
संक्रमणदर नघटे पछि नवलपुरमा निषेधाज्ञा दशदिन थप गरिएको छ ।

वैशाख २१ गते जिल्लामा निषेधाज्ञा लागु गरिएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई जेठ १४ गते रातको १२ बजे सम्म निरन्तरता दिईने निर्णय गरेको जनाइएको छ । नवलपुरमा जेठ २ गते सम्म एक हजार ५ सय ९१ जना संक्रमित भएका छन् ।

कोभिडको जाँच बढाईदै लगेकाले संक्रमितको संख्या अझै केही समय उकालो लाग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर