दाउन्नेमा बस भिरबाट खस्दा चार जनाको मृत्यु

शिक्षा

पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलरासीको दाउन्नेमा बुधबार बस भिरबाट खस्दा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४२ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम जाँदै गरेको ना५ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी राजु लामाले बताए ।दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर