नवलपुरमा उद्योग,व्यवसाय थपिने क्रम बढ्दो

शिक्षा

नवलपुर
नवलपुरमा उद्योग,व्यवसाय थपिने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्त सम्मको अवधिमा १ हजार ३ सय ५४ उद्योग र १ हजार ३३७ वाणिज्य गरि कुल २ हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख विक्रम सुवेदीले जानकारी दिनुभयो ।

कृषि, पशुपालन, पर्यटन सम्बन्धी उद्योग धेरै दर्ता भएको सुेबदीले बताउनुभयो । कोरोनाको असरले अन्य रोजगारका गुमाएकाहरुले विकल्पका रुपमा आफैले कृषि र पशुपालन गर्न थालेका कारण कृषि र पर्यटन दर्ता गर्नेको संख्या अधिक रहेको बताउनुभयो । चालु आर्थिक वर्षको दश महिनामा ५ सय १६ उद्योग नविकरण भएका छन् । यसै अवधिमा ६ सय ९२ व्यवसाय नविकरण भएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र वाणिज्य दर्ता, नविकरण ,ठाउँसारी, पुँजी वृद्धि, उद्येश्य थप मार्फत दश महिनामा कुल रु. १ करोड १९ लाख ५२ हजार २७० राजश्व संकलन गरेको छ ।

उद्योग तर्फबाट रु. ६६ लाख ३५ हजार ९७५ र वाणिज्य तर्फ रु. ५३ लाख १६ हजार २९५ राजश्व संकलन भएको हो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर