कावासोती ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा नेपाल पत्रकार महासंघ नवलपुर शाखाका कार्यसमित सदस्य एवं नवलपुर प्रेसका संचालक तथा सम्पादक दयाराम आचार्यले रकम सहयोग गर्नु भएको छ । पत्रकारहरुलाई भईपरि आउने दुर्घटना , विपद तथा जोखिमको अवस्थामा सहयोग प्रदान गर्ने उद्येश्य स्थापना गरिएको कोषमा पत्रकार आचार्यले रु. पाँच हजार एकसय प्रदान गर्नु भएको हो । जन्मदिनको अवशरमा नवलपुर प्रेसका संचालक एवं पत्रकार दयाराम आचार्यलय महासंघका अध्यक्ष विरेन्द्र पराजुलीलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकारका लागि स्थापना भएको कोषमा स्वयं पत्रकारले समेत सहयोग गरि कोषलाई मजबुत बनाउन सके भोलिका दिनमा कामको शिलसिलामा पत्रकारलाई कुनै असहज परिस्थित आए कोषबाट सहयोग प्रदान गर्न सकिने हुदाँ आफुले सहयोग प्रदान गरेको आचार्यले बताउनुभयो । महासंघ अध्यक्ष पराजुलीले पत्रकार कल्याण कोषमा आफ्नो जन्मदिनको अवशरमा सहयोग प्रदान गरेकोमा आचार्य प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले पत्रकार कल्याण कोषमा आवश्यक सहयोग गरिदिन जिल्लाका सम्पूर्ण सहयोगि दाताहरुलाई आग्रह समेत गर्नु भएको छ । पत्रकार सधैं विभिन्न पत्रकारका जोखिम मोली काममा खटिनुपर्ने हुदाँ भईपरि आउने विपदमा थोरै भएपनी पत्रकारकालागि सहयोग गर्न सकियोस भनेर कोषको स्थापना गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
सहयोगि दाताले नेपाल पत्रकार महासंघ नवलपुरको पत्रकार कल्याण कोषको प्रभु बैंक दलदले शाखामा रहेको खाता नम्बर २१३०१५१४९७९०००१७ मा सहयोग रकम जम्मा गर्न सकिने शाखाका उपाध्यक्ष एवं पत्रकार कल्याण कोषका संयोजन नविन पौडेलले बताउनुभयो । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले पहिलो पटक जिल्लामा पत्रकारको सहयोगकालागि कोषको स्थापना गरेको हो । कोषको कार्यविधि समेत निर्माण गरिएको र कार्यविधि अनुसार कोषको परिचालन गरिने संयोजक पौडेलले बताउनुभयो ।