ज्ञानु पंगेनी , १२ जेठ ।
आपतकालीन सहयोगी युवा सञ्जाल कावासोती १३ ले विपन्न परिवारलाई बुधबार खाद्यान्न वितरण गरेको छ ।१३ नम्बर वडाका विभिन्न टोलहरुमा रहेका ३३ घर विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको अभियानका जनक माकिम मगरले जानकारी दिनुभयो । अभियानका सदस्यहरु मिली विपन्न परिवारको घरघरै पुगेर खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो । कोभिड – १९ माहामारीका कारण भिडभाड गर्दा जोखिम हुने भएकाले अटो मार्फत् घरघरै खाद्यान्न पु¥याईएको उहाँले जानकारी दिनुभयो ।
कोभिड – १९ का कारण दैनिक ज्यालामजदरी गरेर छाक टार्ने परिवारलाई समस्या भईरहेको छ । त्यस्ता परिवार भोकै बस्न नपरोस् भन्ने उदेश्यले १३ का युवाहरु मिलेर सञ्जाल गठन गरि खाद्यान्न वितरण गर्ने काम गरिएको मगरले बताउनुभयो । यस अघि पनि विभिन्न टोलहरुमा खाद्यान्न वितरण गरिएको थियो । प्रति परिवार २० कीलो चामल , २ किलो दाल , २ किलो आलु , १ किलो नुन , १ लिटर तेल , साबुन २ पिस , मास्क , स्यानीटाइजर र ग्लोब्स वितरण गरिएको मगरले बताउनुभयो ।
युवाहरु मिलेर थालेको यस अभियानमा स्थानीय तथा विभिन्न व्यक्तीत्वहरुले आर्थिक तथा जिन्सी सहयोग गर्नुभएको छ ।