गैँडाकोट, जेठ १३ ।
नवलपुर जिल्लामा जारी निषेधाज्ञा थप्ने तयारी गरिएको छ । जिल्लामा संक्रमणको दर र निको हुने दर उस्तै हाराहारीमा रहेको र केही दिन निषेधाज्ञा थप गर्दा संक्रमण घट्ने अनुमान गरिएको छ । नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ राति १२ बजेसम्म पहिलो पटक निषेधाज्ञा जारी भएको थियो ।
त्यसपछि पहिलो पटक जेठ १४ राति १२ बजेसम्म थप गरिएको थियो । भोलि सकिनै लाग्दा निषेधाज्ञा थप गर्ने प्रशासनको तयारी रहेको हो ।
हिजो मात्रै गैँडाकोटमा २९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । गैँडाकोटका २९ सहित जिल्लामा हिजो ९४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । हिजो थपिएका सहित जिललामा सक्रिय संक्रमितको सख्या १ हजार ११० पुगेकोछ । जिल्लामा हिजो मात्रै ८१ ज्ना निको भएका छन् ।
निको हुनेको कुल सख्ण्या १ हजार ४५१ पुगेको कार्यालयले जानकारी दिएको छ। जिल्लामा हिजोमात्रै ३ जना सक्रमतिको मृत्यु भएको छ । आजको ३ सहित दोस्रो लहरको भाइरसपछि मृत्यु हुनेको सख्या ३७ पुगेको छ ।