देवचुली नगरपालिका वडा नम्बर २ को उज्यालो वडा अभियान एक वर्ष पनि टिकेन

शिक्षा

बिबेक भण्डारी, दुम्कौली ।
देवचुली नगरपालिका वडा नम्बर २ ले ल्याएको उज्यालो वडा अभियान लामो साय टिक्नै सकेन । केहि महिना अघि वडाले नगरपालिकाको बजेटमा उज्यालो वडा बनाउने उद्देश्यले वडाका हरेक टोलमा पोल बत्ति जडान गरेको थियो ।

तर वडाले उज्यालो वडा बनाउनने भने पनि पोलमा राखेका बत्तीहरु केहि महिना नपुग्दै बिग्रन थाले पछि वडाले ल्याएको उज्यालो अभियान अध्यारोमा पुगेको छ । स्थानियका अनुसार वडाले पोलमा बत्ति जडान गरेको भए पनि लामो समय देखि बत्ति बिग्रिदा मर्मत गर्न चासो नदेखाएको बताए । वडाले जडान गरेको बत्तीहरु धेरै मात्रामा बिग्रिएको छ ।

नगरपालिकाले वडाका लागि विनियोजन गरेको बजेटमा बिजुली बत्ति तथा शौर्यबत्ति मर्मतका लागि एकलाख रुपैया छुट्याएको भए पनि पोलका बत्तिहरु अझै मर्मत हुन सकेका छैनन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर