चौधरी उद्योग ग्राम दुम्कौलीमा आगलागि

शिक्षा

बिबेक भण्डारी ,नवलपुर १९ । ब
नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्राम (सीजी) मा आगलागी भएको छ ।

उद्योग भित्र रहेको नेपाल आइस वियर उत्पादन हुने प्लान्टमा आगलागी भएको छ । उद्योगभित्र भएको आगलागी मुख्य राजमार्ग बाटै देखिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले आगलागी भएको स्थानमा प्रहरी टोलि खटिएको र आगो नियत्रणमा आएको बताए । आगो नियन्त्रणमा लिन तिन बारुणयन्त्र प्रयोग गरिएको थियो ।

कागज काटुन प्लान्टमा आगलागि भएको हुदा आगो नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागि हुदा बियर राख्न प्रयोग गरिने काटुन धेरै मात्रामा जलेर नष्ट भएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर