कावासोती ।
विपद व्यवस्थापन सहयोगि समिति नवलपुरले मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
जिल्ला अस्पतालमा उपचाररत कोभिड १९ संक्रमित र उनिहरुका कुरुवाकालागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो ।
अस्पतालमा रहेका बिरामीका कुरुवा तथा संक्रमित स्वयंको स्वास्थ्य सर्तकताकालागि समाग्री बितरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो । साथै अक्सिजनको अभाव नहोस भनेर ५ थान सिलिन्डर समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।
समितिका अध्यक्ष शिव गिरी, कोषाध्यक्ष नारायण प्रसाद न्यौपाने , सदस्य भिमलाल अधिकारी लगाएतको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी मार्फत अस्पतालका मेसु डा. बीर बहादुर थापा मार्फत सामाग्री अस्पतालका बिरामी तथा कुरुवालाई प्रदान गरिएको हो ।
समितिले ५ थान अक्सिजन सिलिन्डर सहित अक्सिजन सिलिन्डरका लागि आवश्यक पर्ने १० थान रेगुलेटर समेत प्रदान गरेको छ ।
समतिले बुधकार ५ थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजिन रेगुलेटर, २६००थान माक्स, २५ थान सेनेटाइजर, साबन ३५ थान प्रदान गरेको हो ।