पत्रकार महासंघ गण्डकी प्रदेशले मन्त्री र सचिवलाई बुझायो ध्यानाकर्षण पत्र

शिक्षा

नवलपुर   ।

नेपाल पत्रकार महासघ गण्डकी प्रदेश समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र आन्तरिक मामिला मन्त्रालयका सचिव लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रदेशसभामा बजेट अधिवेशन जारी रहदा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले कोभिड सक्रंमित सन्चारकर्मिको निःशुल्क उपचार , मृतकका परिवारलाई राहात ,पत्रकार कल्याणकारी कोषमा सहयोग, लेखनबृति , क्षमताबृद्दि , महासघका जिल्ला शाखाहरुको भवन निर्माणमा रकम बिनियोजन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री र सचिवहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको अध्यक्ष शर्माले बताउनुभयो । महासघसग हातेमालो गर्ने र बहुबर्षिय सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभएको शर्माले बताउनुभयो ।

प्रदेश कार्यालय भवन र पत्रकार महासंघका ८ वटा जिल्ला शाखाको भवनका निर्माणका लागि बजेटमा बिनियोजन गर्न समेत माग गरिएको शर्माले बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर