साना व्यवशाय गर्नेलाई कारिटास जर्मन र जागृतीको सहयोग

शिक्षा

बिबेक भण्डारी
लामो समय देखि जारी लकडाउनका कारण रोजगार गुमाएका र वेरोजगार बनेका व्यक्तिलाई जागृतीबाल तथा युवा सरोकार नेपाल र कारिटास जर्मनीले साना तथा मझौला व्यवशाय प्रोत्सान कार्यक्रम गरेको छ । जागृतीबाल तथा युवा सरोकार नेपाल नवलपुरका महासचिव दिपक शर्माका अनुसार कोभिडका कारण रोजगार गुमाएका र आम्दानिको केहि स्रोत नभएकाहरुलाई साना तथा मझौला व्यवशाय सुरु गरि जिविको पार्जनमा सहज पुर्याउन प्रति व्यक्ति तिस हजार बराबरको व्यवशाय सहज गराउने सामाग्रिहरु प्रदान गरेको बताउनुभयो । जागृतीबाल तथा युवा सरोकार नेपालले कारिटास जर्मनीसंगको सहकार्यमा यो कार्यक्रम आयोजना गरेको हो ।

शर्मामका अनुसार यो कार्यक्रम देवचुली नगरपालिका वडा नम्बर २,७ र ४ संगै कावासोती नगरपालिकाका विभिन्न वडाहरुमा कार्यक्रम संञ्चालन गरिएको बताएउनुभयो । व्यवशायका लागि आवस्यक सामाग्रि वितरण कार्यक्रममा देवचुली नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष भुपराज पाठकले यस्तो कार्यक्रममले वेरोजगार भएका व्यक्तिहरु धेरै राहत हुने भन्दै स्वरोजगार बनाउन पनि प्रेणित गर्ने बताए ।

यस्तै देवचुली नगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष राम थापाले स्वरोजगार बन्न चाहने केहि गर्नसक्नु भन्ने लाई उर्जा थप्ने काम यो कार्यक्रमले गरेको बताउनुभयो । साना तथा मझौला व्यवशाय गर्न चाहेकाहरुले सामाग्रि पाए पछि आफुहरु खुशी भएको बताए । यो संगै जागृतीले लोप हुने अवस्थामा रहेका आरन व्यवशायलाई थप प्रोत्सान गर्न आरन व्यवशाय गर्नेहरुलाई पनि सहयोग गर्ने बताएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर