नवलपुरमा एक सय पचास बिघाको धान बाढिले बगायो

शिक्षा

नवलपुर ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण तयारी अवस्थामा रहेको एक सय पचास बिघाको धान नष्ट भएको छ । वगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको लक्ष्मि आधारभुत विद्यालय वगुवनका शिक्षक बुद्धराज विश्वकर्माले बताउनुभयो ।

धेरै जसोले चैतेधान काटेर राखेका थिए । काटेर खेतमै रहेको धान विनयी खोला र नारायणी नदिको पानीले बगाएको शिक्षक विकले बताउनुभयो । यस्तै बाढीले वगुवनमा रहेका लक्ष्मि आधाभुत विद्यालय सहित वाखोरटोलका करिब ७ घर डुबानमा परेका छन् । बाढीले घर डुबानमा परेपछी घरका बासिन्दा सहित ,खाद्यान्न, पशु चौपायालाई गाउँ नजिकको डाँडोमा सार्ने तयारी गरिएको शिक्षक विकले बताउनुभयो ।

तिन तिरबाट विनयी र नारायणी नदिले घेरेको बगुवन क्षेत्रमा अन्य कतिपय टोल डुबानमा पर्ने सक्ने भन्दै स्थानीय चिन्तीत बनेका छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर