बिबेक भण्डारी, नवलपुर
चौधरी फाउण्डेशनले दुम्कौली नगर अस्पतालार्ई दुईवटा अक्सीजन कन्सट्रेटर हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत फाउण्डेशनले दुईवटा अक्सीजन कन्सट्रेटर प्रदान गरेको सिजिआईपीका सिएसआर प्रमुख रामचन्द्र धितालले जानकारी दिनुभयो ।
प्रमुख धितालका अनुसार देशभर फाउण्डेशनले एकासीवटा अक्सीजन कन्सट्रेटर वितरण मध्ये एकचालिसवटा वितरण पहिलो चरणमा गरेको बताए । अक्सीजन कन्सट्रेटर वितरण गर्दे धितालले गण्डकी प्रदेशमा वितरण गर्नुपर्ने पाँचवटा अक्सीजन कन्सट्रेटर मध्ये देवचुली नगरपालिकाको नगर अस्पतालमा दुईवटा अक्सीजन कन्सट्रेटर हस्तान्तरण गरेको बताउनुभयो । नगर अस्पतालका अध्यक्ष एवम देवचुली तिनका वडा अध्यक्ष गोपाल शर्मा लम्सालको अध्यक्षतामा अक्सीजन कन्सट्रेटर वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, दुम्कौली स्वास्थ्य केन्द्रका प्रमुख चित्रबहादुर सुनार , चौधरी ग्रुप स्वास्थ्य सामाग्रि वितरण गण्डकी प्रदेश र लुम्बीनि प्रदेश इन्चार्ज देबराज ढुङ्गाना, चौधरी उद्योग दुम्कौलीका प्रशासन प्रमुख दामोदर पौडेल लगायतको सहभागितामा उक्त अक्सीजन कन्सट्रेटर प्रदान गरेको हो ।