चितवनमा असार १० गते सम्म निषेधाज्ञा थप

शिक्षा

चितवन, ०२ असार ।

चितवनमा असार १० गते सम्म निषेधाज्ञा थप भएको छ । कोेरोना संक्रमणको जोखिम कायम रहिरहेकाले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको अवधि भोलि (बिहीबार) राति १२ बजेबाट सकिदै छ ।

पछिल्लो पटक निषेधाज्ञा थप गर्दा केही क्षेत्रलाई खुकुलो पारिएको थियो । 
चितवनमा गत बैशाख १६ गते राती देखि निषेधाज्ञा सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनल पाँचौ पटक थप गर्दै असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि प्रशासनले असार ३ गतेसम्मका लागि निषेधाज्ञा तोकेको थियो ।  

तर, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले दिएको सुझावलाई प्रशासन कार्यालय चितवनले केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरेको छ । 

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर