५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान

शिक्षा

पोखरा ।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिए ।

सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए । एकल विपक्षी एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो । उनको कारबाहीले पोखरेल समूहलाई झनै सहज बनाएको हो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर