चितवन । चितवनमा मालबहाक ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहित ६ जना प्रहरी घाईते भएका छन । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित गाईघाटमा मालबहाक ट्रकले ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार नारायणगढ मुग्लिन सडक अन्तर्गत निर्माणधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरी भरतपुर फर्किएको प्रहरीको गाडीलाई काठमाडौतर्फ गईरहेको ना ६ ख ६०११ नम्बरको मालबहाक ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट प्रहरी गाडीमा सवार सबै प्रहरी घाईते भएको र उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । घाइते प्रहरीहरुको टाउको,हात मुखमा चोट लागेको तर अवस्था सामान्य भईरहेको र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन ।