बिबेक भण्डारी
अस्थायी निकास व्यवस्थापन हुन नसक्दा नवलपुरको गैँडाकोटका विभिन्न वडा वर्षेनी डुबानमा पर्ने गरेको छ ।

नगरपालिका गत वर्ष यो समस्याबाट अवगत रहेको भए पनि यसमा खासै ध्यान नदिदाँ गैडाकोट जलमग्न हुने गरेको छ । गत वर्ष पानी निकासका लागि ह््युम पाइप राखेर अस्थायी निकास गरेपनि हिउदमा आवस्यक नभएको भन्दै लगे पछि पानीको निकास हुन नसक्दा पुन डुबानमा परेको गैडाकोट वडा नम्बर ४ का स्थानियहरुले बताएका छन । गत वर्ष पनि यहि समस्या झेलेका स्थानियहरु स्थानिय सरकारलाई हरेक वर्ष भलपानी व्यवस्थापन मै सुझाब दिदाँ हैरान भएको स्थानिय गोविन्द घिमिरेले बताए ।
नगरप्रमुख छत्रराज पौडेलले आफू फिल्डमै रहेको र निकासका लागि पहल भइरहेको बताउनुभयो । वडानम्वर २ बाट आउने बाढीलाई नारायणीमा झार्नेगरी प्रयास भइरहेको जानकारी दिनुभयो ।
फोटो विजय एफ एम