चितवन ।
नयाँ कम्पनी दर्ता देखि खारेजी सम्मका काम गर्नेगरी चितवनमा ग्राफिक मार्ग प्रालि सञ्चालनमा आएको छ । भरतपुर महानगर पालिका वडा नम्बर ११ आंँखा अस्पताल अगाडी प्रधान कार्यालय रहने गरी कमपनीले सेवा दिन थालेको हो । २०७५ साल फागुन २७ गतेदेखि दर्ता भएर कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र प्राप्त गरेको कम्पनीका प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभयो ।
२०७५ सालदेखि सेवा दिइरहेपनि देशभरका कम्पनी दर्ता र खारेजीको अधिकार भने यही अषाढ १४ गतेदेखि प्राप्त भएको उहाँले बताउनुभयो । देशभरका सेवाग्राही काठमाण्डौ जानुपर्ने बाध्यता मुक्त बनाउने उद्धेश्यसहिते देशभर ५ वटा सेवा केन्द्रबाट सेवा दिइरहेको खड्काले जानकारी दिनुभयो ।हाल कम्पनीले दाङको विजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर र तनहुँको दमौलीबाट सेवा प्रदान गरिएको संचालक इन्द्र पौडेलले जानकारी दिनुभयो। कार्यालयले चाडपर्वहरुलाई मध्यनजर गर्दै साउन ९ गतेदेखि कार्तिक ९ गतेसम्म दर्ता हुने कम्पनीहरुको सेवा शुल्क ७ हजार ९९९ मात्र लिने भएको छ । प्रवन्ध निर्देशक खड्का अनुसार सामाजिक सञ्जालमा आधिकारिताको विभिन्न हल्ला आएपनि त्यसको पछि नलाग्न आग्रह गर्नुभयो ।
आफूहरु कम्पनी रजिष्टार कार्यालयको आधिकारिक सेवा केन्द्र नम्वर १९ रहेको र सेवा दिन सुरु गरेदेखि अषाढ मसान्त सम्म मात्रै २४८ वटा नयाँ कम्पनी दर्ता गरिसकेको उहांँल जानकारी दिनुभयो । सोही अवधिमा १६३ वटा पुराना कम्पनी तथा कर भ्याट सम्बन्धी सेवाहरु दिइसकेको खड्काले बताउनुभयो । यो आर्थिक वर्षमा २४० वटा नयाँ कम्पनी दर्ता र २७५ वटा पुरना कम्पनीहरुको काम गर्ने कम्पनीको लक्ष्ये छ । साथै कम्पनी दर्ता खारेजी सेवासँगै आन्तरिक राजश्व कार्यालयबाट हुने कर भ्याट सम्बन्धी सहजीकरण गर्ने,लेखासबन्धी सम्पूर्ण कार्यहरु गर्नुका साथै ११ जना युवाहरु मिलेर सोही भवनको भुईतल्लामा ग्राफिक अफसेट प्रेस समेत सञ्चालनमा ल्याइएको खड्काले जानकारी दिनुभयो ।