नायिका आमा बनिन् गरिमा

शिक्षा

बेल्जियममा गरिमा र हरिले रेष्टुरेन्ट समेत संचालन गर्दै

नायिका गरिमा पन्त आमा बनेकी छिन् । गरिमाले सामाजिक संजालमा एक तस्वीर सार्वजनिक गर्दै आफू आमा बनेको उल्लेख गरेकी छिन् । गरिमाले छोरीलाई जन्म दिएकी हुन् । ५ बर्ष अगाडि बेल्जियममा बस्दै आएका हरि थपलियासँग गरिमाले बिहे गरेकी थिइन् । गरिमा र हरिले छोरीको नाम प्रिषा राखेका छन् ।

गरिमाले लेखेकी छिन्–‘तिम्रो आगमनले हामी धन्न अनी भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।’

बेल्जियममा गरिमा र हरिले रेष्टुरेन्ट समेत संचालन गर्दै आएका छन् । चलचित्र ‘तीन घुम्ती’मा काम गरेपछि यो क्षेत्रबाट गरिमा टाढा भएकी थिइन् । उनले, ८ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘झोला’बाट ‘राष्ट्रिय चलचित्र अवार्ड’ समेत पाएकी थिइन् ।

आमा बन्ने तयारी गरेपछि गरिमाले सामाजिक संजालमा थुप्रै तस्वीर समेत पोष्ट गर्दै आएकी थिइन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर