देवचुलीमा जग्गाको थैली रकम मालपोतले तोके अनुसार , कर्मचारीको एक तह स्वत: बढुवा

शिक्षा

देवचुली

बिहीबार सम्पन्न विषेश नगरसभामा नगर उपप्रमुख पार्वता तिवारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को सम्पति कर र मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट संशोधन विधेयक सर्वसम्मतले पास गरेको हो ।

त्यसै गरि विषेश नगरसभाले विधायन समितिका संयोजक दिनानाथ भुसालद्वारा प्रस्तुत स्थानीय निकायमा कर्मचारीहरुको बढुवा सम्बन्धि विधेयक समेत पारित गरेको छ । स्थानीय निकायका कर्मचारीहरुको बढुवाका लागि दरबन्दी स्वीकृत गरि साविक पदमा रहेकालाई योग्यता अनुसार स्वत: एक तह माथिल्लो पद कायम गर्ने गरि पाँचौं देखि सातौं तहका ७ पदहरुको दरबन्दी सिर्जना गर्ने विधेयक सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । दुवै विधेयकहरु नगरप्रमुखले प्रमाणीकरण गरेर स्थानीय राजपत्रमा प्रकाशित गरे पछि लागू हुने छ्न ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर