नवलपुरमा भाद्र महिना १ र २ भेरोसेलको दोस्रो डोज लगाइने

शिक्षा

कावासोती  । नवलपुरमा असार ३१ गतेदेखि साउन १५ गतेसम्म विभिन्न मितिमा भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो डोज आगामी भाद्र महिनाको १ र २ तथा १० र ११ गते लगाईने भएको छ ।

जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले दुई चरणमा दोस्रो मात्रा उपलव्ध गराउने निर्णय गरेको हो ।

असार ३१ गतेदेखि साउन ८ गतेसम्म भेरोसेल खोप लगाएकाहरुलाई भाद्र १ र २ गते दोस्रो डोज लगाईने र साउन ९ गतेदेखि पछि खोप लगाएकाहरुलाई भाद्र १० र ११ गते दोस्रो डोज लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो ।

५५ वर्ष उमेर समूह माथिका नागरिक, स्वास्थ्यकर्मी, शिक्षक तथा ब्यवसायी गरि जिल्लामा ३५ हजार ६८ जनाले भेरोसेल खोप लगाएका थिए ।

जिल्लाका आठ स्थानीय तहहरु मध्ये बौदीकाली र बुलिगंटार गाउँपालिकामा दोस्रो डोजको लागि खोप पठाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर