सुकुम्बासी समस्या समाधानमा प्रदेश पनि लागि पर्छ : मुख्यमन्त्री पोख्रेल ।

शिक्षा


बिबेक भण्डारी, साउन २३ देवचुली ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले देवचुली ४ झाक्रेको सुकुम्बासी समस्या समाधानमा प्रदेश लागि पर्ने बताउनुभएको छ । शनिवार विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन नवलपुर आउनुभएका मुख्यमन्त्री नेपालीले हाललाई सरकारले भूमि अयोग खारेज गरे पनि पुन आयोग गठन भए पछि सुकुम्बासि समस्या समाधान तर्फ लाग्ने बताउनुभयो ।
उहाले भन्नुभयो“ हाललाई भूमि अयोग खारेज भएको छ , पछि फेरी गठन होला केन्द्रिय आयोगको क्षेत्राधिकार भित्र पर्र्यो भने सहजभयो नभए प्रदेशले नै यो समस्या समाधान गर्न प्रयास गर्ने छ” मुख्यमन्त्री नेपालीले भन्नुभयो । सोहि कार्यक्रममा देवचुली ४ का ११ जना र देवचुली १ का १ जना गरि १२ जना नेपाली काग्रेसमा पार्टि प्रवेश गरेका थिए । पार्टि प्रवेश गराउदै मुख्यमन्त्री नेपालीलले संकटको बेला पनि नेतृत्व दिन सक्ने पार्टि भनकै नेपाली कांग्रेस भएको भन्दै नवआगन्तुक पार्टि सदस्यहरुले काग्रेसलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो ।
नेपाली काग्रेस देवचुली ४ सभापति राजकुमार अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रमको अयोजना गरिएको थियो । कार्यक्रममा सभापति अधिकारीले देवचुली ४ का समस्या र आगामि दिनमा गर्नुपर्ने विकास योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रम नेपाली काग्रेस देवचुली वडा नम्बर ४ का पार्टि सचिव दिपेन्द्र थापा क्षेत्रीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर