नवलपुरको हुप्सेकोटमा पहिरो खस्दा तिनजना बेपत्ता

शिक्षा


हुप्सेकोट
नवलपुरको हुप्सेकोट ४ मा पहिरो जादाँ तिन जना बेपत्ता भएका छन । स्थानिय हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा ३ जना वेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार ५० बर्षीय हस्तबहादुर पुलामीलाई पनि घाइते अवस्थामा उद्दार गरिएको छ । एकै घरका अन्य ३ जना महिला वेपत्ता रहेका छन । घाइते पुलामीलाई हुप्सेकोट मावि रुम्सेमा राखिएको छ । उनका श्रीमती सहित ३ जना वेपत्ता भएका हुन् ।

स्थानीयका अनुसार धनमाया पुलामी, भुमीसरा पुलामी र देउमाया पुलामी गरी ३ जना पहिरोमा वेपत्ता भएका छन् । घटना स्थलमा प्रहरी पुगेका र उद्दार कार्य जारी रहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर