नवलपुर ।
पुर्वपश्चीम राजमार्गको गैंडाकोटस्थित थुम्सी डाइभर्सनमा गाडी फसेपछि यातायात अवरुद्ध छ । जिल्ला प्रहरी कार्यलयका अनुसार डाइभर्सनको हिलो माटोमा गाडी फसेका कारण बिहान ८ बजेदेखि यातायात अवरुद्ध भएको जानकारी गराएको छ ।
शुक्रबार राति ९ बजे त्यहाँको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । डाइभर्सन बनाउँदा ह्युमपाइप राखेर ग्राभेलले पुरिएको छ । समयमा नै सडक निर्माण नहुँदा पानी पर्नसाथ ग्राभेल बगाएपछि लेदो जम्दा गाडी फस्ने गरेका छन् ।गैंडाकोट प्रहरीले डाइभर्सन गरिएको सडकमा केहीबेर गाडी सञ्चालन हुने र गाडी फस्नासाथ रोकिने गरेकाले गाडीको लाम बढेको जनाएको छ ।
तीनदेखिको वर्षादले गैंडाकोटको थुम्सीमा डाइभर्सन बगाएका कारण त्यहाँ लामो जाम छ । सडक फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ कम्पनीले समयमै काम नगरेका कारण यो समस्या आएको हो । जाम छिचोल्न पालो कुरेर बसेको सयौं गाडि गैंडाकोट र भेडाबारीमा रोकिएका छन् ।