बिबेक भण्डारी ।
सामाजिक सुरक्षा कायम हुनुपर्ने भन्दै नेपाल ट्रेड यूनियन महाँसंघ (जिफन्ट)ले ध्यानाकर्ष गराएको छ । मंगलवार जिफन्टले सबै जिल्लाका उद्योग बाणिज्य संघलाई ध्यानाकर्ष पत्र प्रदान गरेको छ । यस्तै नवलपुर जिफन्टले पनि प्रदेशको निर्देशन बमोजिम नवलपुर उद्योग बाणिज्य संघलाई ध्यानाकर्षण पत्र दिएको छ ।
नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेललाई नेपाल ट्रेड यूनियन महाँसंघ (जिफन्ट) देवचुलीका अध्यक्ष विद्य विश्वकर्मा सहित गएको टोलिले नवलपुर उद्याोग बाणिज्य संघका अध्यक्ष पोख्रेललाई हस्तान्तरण गरेको हो । नेपाल ट्रेड यूनियन महाँसंघ (जिफन्ट) गण्डकी प्रदेशको निर्देशनमा प्रदान गरिएको उक्त ध्यानाकर्षण पत्रमा श्रमिकको सामाजिक सुरक्षा कायम हुनुपर्ने, सामाजिक सुरक्षा ऐन अनुसार हरेक महिना श्रमिकको पारिश्रमिक कट्टागर्ने तर सामाजिक सुरक्षाकोषमा श्रमिकलाई सूचीकृत नगरि श्रमिकको रकम रोजगारदाता आफैले भोगचलन गर्नु अनुचित काम भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
पत्रमा उद्योग,प्रतिष्ठान तथा संघसंस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरि नियमित रुपमा योगदान रकम दाखिला गर्न गराउन पत्रचार गर्नुपर्ने उल्लेख समेत गरेको छ । मध्यविन्दु, गैडाकोट, देवचुली , कावासोती जिफन्ट अध्यक्षहरुको समेत उपस्थीतिमा ध्यानाकर्ष पत्र प्रदान गरेको हो ।
ध्यानाकर्ष पत्र दिन गैडाकोट जिफन्ट अध्यक्ष होमबाहदुर गुरुङ्ग, कावासोती जिफन्टका अध्यक्ष इन्दिरा न्यौपाने, मध्यविन्दु जिफन्टका अध्यक्ष मनबहादुर महतो, नेपाल ट्रेड यूनियन महाँसंघ (जिफन्ट) देवचुली अध्यक्ष विद्य विश्वकर्मा र नेपाल ट्रेड यूनियन महाँसंघ (जिफन्ट) सिजी फुड्स अध्यक्ष इश्वरजंग थापा लगायतको उपस्थीतिमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।