कावासोती खानेपानीको स्थलगत निरिक्षण : वर्षाका कारण खानेपानीमा २ करोड बढिको क्षति

शिक्षा

बिबेक भण्डारी ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी वितरण देखिएको समस्याको स्थलगत निरिक्षण गरेको छ । विहिवार कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भिम कंडेलको नेतृत्वमा खानेपानी वितरणमा आएको समस्याको स्थलगत निरिक्षण गरेको हो । अनुगमनका क्रममा कावासोती वडा नम्बर एकमा रहेको खानेपानी वितरणका लागि प्रयोग गरिएको पाइपलाइनको क्षति र अन्य स्रोतमा पुर्याएको क्षतिको स्थलगत निरिक्षण गरेको हो ।

प्रतिनिधिसभा सासंद तिलक महतको समेत उपस्थीति रहेको अनुगमनमा कावासोती एकमा मुहानबाट पानी संकलन केन्द्र सम्म ल्याउने पाइप बगाएउदा उपभोक्ता सम्म सहज रुपमा पानी वितरण गर्न नसकेको देखिएको छ । संस्थाका अध्यक्ष भिम कंडेलले केरुङ्गगे खोलामा १५ वर्ष अघि खानेपानी पाइप विछ्याएको तर हाल सम्म खोलाको पानीले पाइप नबगाएको भए पनि केहि दिन अघि परेको अविरल वर्षाले भने पाइपमा क्षति पुर्याएको जानकारी दिनुभयो । “निरन्तर परेको वर्षाले खानेपानीको १६ सय मिटर पाइप बगाएको छ, ३ सय १५ एमएमको पाइप,२ सय ५० एमएमको पाइप बगाउँदा खोपानी पुर्याउन कठिन भएको छ” अध्यक्ष कंडेलले भन्नुभयो । उहाका अनुसार खानेपानी इन्जीनियर र प्राविधिकले निकालेको खर्च विवरण अनुसार २ करोड १६ लाखको क्षति भएको बताउनुभयो ।

गत असार २२ गते मात्र निकालेको क्षति विवरण अनुसार ८७ लाख खर्च स्टिमेट आएका र जिल्लाको विपत व्यवस्थापन समितिलाई खर्च विवरण पठाएको अध्यक्ष कंडेलले जानकारी दिनुभयो । असार २२ देखि भाद्र १० सम्म अस्थाइ रुपमा उपभोक्तालाई पानी वितरण गर्दे आएको समितिलाई अहिले अस्थाइ रुपमा नै पानी वितरण गर्न समस्या भएको कंडेलको भनाइ छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर